न्यायालयको समस्याबारे छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाको आश्वासन

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयभित्रको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको छ । नेपाल बार एसाेसिएशनका पदाधिकारीसँग बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबारे एक/दुई दिनमै सत्तारुढ गठबन्धनको बैठक बोलाएर निर्णय गर्ने बताउनुभएको हो ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै महिना दिनदेखि आन्दोलनरत नेपाल बारले अब प्रधानन्यायाधीशबारे आफ्नो संवैधानिक दायित्व पूरा गर्न संसद्का सबै राजनीतिक दललाई आग्रह गर्दै आएको छ ।  प्रधानन्यायाधीशल...