अविरल वर्षाले बालीमा मनाङमा डेढ करोड क्षति

मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ। गत जेठ ३१ देखि परेको वर्षाका कारण गाउँपालिकाको पाँचवटै वडाको बालीमा क्षति पुर्‍याएको हो। निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए।‘गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ। बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ। खेत सबै भत्किएका छन्,&rsquo