राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।“भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पु¥याउनुभएको योगदानको आयोग कदर गर्दछ”, विज्ञप्तिमा भनिएको छ, &l