प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ पौष १९ गते सोमवार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरि...