चर्को गर्मी र विद्युत् अभावले चीनको जनजीवन कष्टकर बन्दै, अधिकांश कम्पनीको काम रोकियो

यतिबेला चीनमा जनता र सरकार दुवैको अवस्था दयनीय छ । देशको दक्षिणपश्चिममा चर्को गर्मी र विद्युत् अभावका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण विद्युतको माग पहिलेभन्दा बढेको छ । यस्तो अवस्थामा जताततै बिजुलीको अभाव छ । यति मात्र होइन, कम वर्षा र खडेरीको भविष्यवाणीले यहाँका जनता र सरकार हैरानमा छन् । […]

सम्बन्धित सामग्री

चल्यो तातो हावा, बढ्यो गर्मी

चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय इन्चार्ज मीना शिवाकोटीका अनुसार सोमबार दिउँसो २:३० बजेको नेपालगन्जको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसै गरी आइतबार नेपालगन्जको अधितम तापक्रम ३८.४ डिग्री सेल्सियस, शनिबार ४०.७ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज शिवाकोटीले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जलगायत तराईका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालगञ्जमा गर्मी चढेसँग बिजुली अनियमित, जनजीवन कष्टकर

बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने ...