विद्युत् निकासीका शर्त: प्रतिस्पर्धी मूल्य र कूटनीतिक चातुर्य

काठमाडौं/वीरगञ्ज। नेपालले आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत् निकासी गर्ने महत्त्वाकांक्षा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यसमा समझदारी पनि भयो । त्यस्तै सन् २०४० सम्ममा बंगलादेशलाई ९ हजार मेगावाट विद्युत् बेच्ने भनिएको छ । धरैले यसलाई उत्साहजक भनेका छन्, तर ऊर्जा उत्पादकहरू थुप्रै नीतिगत सुधारदेखि कूटनीतिक चातुर्य नअपनाएसम्म यो असम्भव देख्छन् ।  आर्थिक सर्वेक्षण २०८० का अनुसार अहिलेको विद्युत्को जडित क्षमता २ हजार ६६६ मेगावाट छ । अहिले करीब १७ सय मेगावाटको आन्तरिक खपत धान्न पनि आयात भइरहेको छ । यो अवस्थामा १० वर्षमा १० हजार मेगावाट बिजुली निकासी गर्ने लक्ष्यमा पुग्ने हो भने आजैदेखि गम्भीर गृहकार्यमा लाग्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।  निकासीका लागि उत्पादन प्राथमिक शर्त हुने अध्यक्ष कार्कीको भनाइ छ । ‘जलविद्युत् भारत निकासीका लागि सबैभन्दा पहिला त उत्पादन बढाउनुपर्‍यो । स्वदेशमा उत्पादन र खपत बढाउन थुप्रै नीतिगत सुधारको खाँचो छ,’ उनले भने । विद्युत् विकासदेखि वितरणका पूर्वाधार निर्माणमा देखिएका प्रक्रियागत र नीतिगत समस्या समाधान नभई विद्युत् उत्पादन सहज नहुने उत्पादकहरूको दाबी छ ।  विद्युत् विकासका लागि जग्गा प्राप्ति सबैभन्दा झन्झटिलो भएको अनुभव अध्यक्ष कार्कीको छ । ‘वनसँग सम्बद्ध कानूनहरू विद्युत् विकासका विरोधी छन् । यस्ता कानून र प्रक्रियालाई कम्तीमा १० वर्षका लागि निलम्बन गर्नुपर्छ । जग्गाको हदबन्दी नलाग्ने र निजी जग्गाको मुआब्जा दिनुपर्ने भएमा सरकारले त्यसको व्यवस्थापन नगरेसम्म अपेक्षित उत्पादन हुन सक्दैन,’ उनले भने । विद्युत् निकासी चर्चा गरिएजस्तो सहज नभएको बताउँछन् इप्पानका सल्लाहकार कुमार पाण्डे । प्रतिस्पर्धी मूल्यमा विद्युत् उत्पादन नै मुख्य चुनौती भएको पाण्डे बताउँछन् । ‘भारतको भन्दा सस्तो दरमा विद्युत् दिनसक्ने क्षमता नभएसम्म निकासी हुँदैन । भारतबाट प्रविधि र उपकरण आएर यहाँ उत्पादन हुने हो । सरकारले यसमा सहुलियत नदिए प्रतिस्पर्धी मूल्य दिन सकिँदैन,’ उनले आर्थिक अभियानसित भने ।  उत्पादनलाई लक्षित बजार (भारत/बंगलादेश)सम्म पुर्‍याउन प्रसारण लाइनमा खर्बौं रुपैयाँ लगानी चाहिने पनि उत्पादकहरूले बताए । प्रसारणका पूर्वाधारमा कसले, कुन मोडेलमा लगानी गर्ने भन्ने पनि नीतिगत रूपमै स्पष्ट हुनुपर्नेमा उनीहरूको जोड छ ।  उत्पादन र प्रसारणका पूर्वाधारमा बैंक र बाह्य लगानीकर्ताको लगानी भित्त्याउन स्पष्ट नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष कार्कीको सुझाव छ । ‘विद्युत् उत्पादनमा अवरोध बनेका कानून र प्रक्रियाहरूलाई कम्तीमा १० वर्षका लागि निलम्बन गर्ने हो भने मात्रै यो क्षेत्रमा वित्तीय क्षेत्रको लगानी बढ्छ,’ उनले दाबी गरे ।  नेपालले प्रतिस्पर्धी मूल्य र निरन्तर उत्पादन गरेमात्र निकासी निश्चित हुने दाबी गरिएको छ । ‘अहिले त वर्षामा २/३ महीनाको लागि मात्रै विद्युत् किनिदेऊ भन्नुपरेको छ । यस्तोमा विद्युत् नजाँदा भारतलाई नोक्सान हुने होइन । हामी विद्युत् आपूर्तिमा भारतको भरपर्दो स्रोत बन्ने अवस्था आएमात्रै त्यसमा भारतको स्वार्थ हुन्छ,’ उत्पादकहरू भन्छन् ।  भारतले विद्युत् आयातसम्बन्धी नीति र निर्देशिकामार्फत भारत र नेपालको लगानी भएको विद्युत्मात्र आयात गर्ने शर्त अघि सारिरहेको अवस्थामा नेपालले कूटनीतिक चातुर्य अपनाउनुपर्ने इप्पानका सल्लाहकार पाण्डेको तर्क छ । ‘यो नेपालको कूटनीतिक र बार्गेनिङ क्षमतामा भरपर्ने कुरा हो । नेपाल र भारतबाहेकका देशको लगानीकर्ता संलग्न भएको उत्पादन पनि लिन भारतलाई सहमत गराउन सक्नुपर्छ,’ उनले भने ।  भारत निर्भर बंगलादेश निर्यात  नेपालको विद्युत् बंगलादेश निकासीमा पनि भारत सकारात्मक हुनुपर्ने जानकारहरूको मत छ । बंगलादेशले नेपालसँग सन् २०४० सम्म ९ हजार मेगावाट विद्युत् खरीदको समझदारी गरेको छ । नेपाल र बंगलादेशको ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।  ऊर्जा आपूर्तिमा ५१ प्रतिशत ग्यासमा निर्भर रहेको बंगलादेश जलविद्युत्मा भने आयातको भरमा छ । सन् २०१८ मा ऊर्जा क्षेत्रमा दुई देशबीच सहयोगको समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालबाट जलविद्युत् निर्यातको बाटो खुलेको हो ।  तर, यसमा भारतको भूमिका सकारात्मक नभएसम्म नेपालबाट भारतीय भूमि भएर सोझै बंगलादेश विद्युत् निकासी हुन नसक्ने मत विश्लेषक जगदीशप्रसाद अग्रवालको छ । ‘भारतले विभिन्न नीति निर्देशनमार्फत विद्युत् व्यापार नियन्त्रण गर्न खोजिरहेको अहिलेको अवस्थामा उसको भूमि भएर सीधै निकासी गर्न सहमति देला भन्नेमा आशंका छ । नेपालबाट भारतले खरीद गरेर बंगलादेशलाई निकासी गर्ने स्थिति पनि हुन सक्छ,’ अग्रवालको भनाइ छ ।  इप्पान अध्यक्ष कार्की पनि बंगलादेश निकासीमा यो विकल्पको सम्भावना देख्छन् । उनी भन्छन्, ‘बंगलादेश निकासीलाई भारतले रोक्न सक्दैन । यसमा अन्तरराष्ट्रिय दबाबका कुराहरू पनि हुन्छन् । बरु, भारतले नेपालसँग किनेर बंगलादेशलाई दिन सक्छ ।’ 

सम्बन्धित सामग्री

नयाँदिल्लीको बदलिएको कूटनीतिक भाषा

मोदीको शासनकालमा भारतको कूटनीतिक भाषा थप सुदृढ बन्दै गएको छ भारतको अर्थतन्त्र बढ्दै जाँदा यसको कूटनीतिक भाषा थप आत्मविश्वासी हुँदै गएको छ । यसले धेरै राष्ट्रवादीलाई मोहित तुल्याउँदा अरू भने दिल्लीले कतै...

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं, १५ चैत्र । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित […]

कूटनीतिक चातुर्य

पछिल्ला वर्षमा भने नेपालको कूटनीतिक प्रयासमा विचलन देखिन थालेको छ। कुन दलको सरकार छ, त्यसै नेताको व्यवहारअनुसार कूटनीतिक सम्बन्ध बनाउने होइन। देशको कूटनीति सञ्चालन गर्ने जिम्मेवारी जुनसुकै सरकारलाई आउन सक्छ। तर ती सरकारले कूटनीतिलाई देशको नीतिका आधारमा सञ...

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा उल्लेख गरेअनुसार दुवै राज

नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।दुवै राजदूतले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ । निकारागुवाको कदमलाई चीनले स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरूलाई आह्वान गरिरहेक

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो। आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ। निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ। निकारागुवाको कदमलाई चीनले स्वागत गरेको छ। आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार […]

बेइजिङ ओलम्पिकमा अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने

अमेरिकाले चीनको बेइजिङमा हुने गृष्मकालीन खेलकुद (ओलम्पिक) मा कूटनीतिक बहिष्कार गर्ने भएको छ । चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो। तर अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन् र सरकारको पूर्ण समर्थन रहने ह्वाइट हाउसले […]

कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक सुधार भएको भन्दै यस्तो दाबी गरेका हुन्। तर, व्यवहारमा भने त्यस्तो देखिँदैन। कूटनीतिक सम्बन्ध बिस्तारमा महत्वपूर्ण योगदान गरेको दाबी गर्ने वर्तमान सरकारले आफ्नै दाबीलाई खण्डन गर्नेगरी कूटनीतिक नियुक्ति गर्दै आएको छ।कूटनीतिक सम्बन्ध मजबुत र प्रभावकारी ब

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका […]