कुस्माको द क्लिफ रिसोर्टमा हनि हन्टिङ शैलीमा हाइ रोप स्टेसन, बन्जी पुलमा राँको शैलीको सोलार बत्ती

पर्वत । एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सन्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा हाइ रोप स्टेसनको निर्माण गरेको छ।स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ  गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो भएको बताइएको छ। साथै बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ । ५ सय २५ मिटर लामो पुलमा वारपार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने