काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यही फागुन ३० गते लण्डन जाने भएका छन्। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। […]