संघीय सरकारद्वारा कोहलपुरका दुई योजनाका लागि १ करोड २० लाख बजेट विनियोजन

नेपालगञ्ज – आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले कोहलपुरका दुई वटा योजनामा बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपुरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो । कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक र विषेश योजनाका लागि ११ वटा […]

सम्बन्धित सामग्री

डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट

बाँकेको कोहलपुरमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले दुई वटा योजनाका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपूरक र विशेषतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो ।

बजेट अभावले काबेली करिडोरले गति लिन सकेन

वैशाख १२, फुङ्लिङ । बजेट अभावले कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर निर्माणको कामले गति लिन सकेको छैन । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर जोड्ने सडकले बजेट अभावमा गति लिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजंघा गाउँपालिका हुँदै कञ्चनजंघा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजंघा हिमालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो । अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लिम्बुनी पुलदेखि काबेलीबजारसम्म करिब ५ किलोमिटर मात्रै सडकको ट्र्याक खोल्ने काम भएको छ । ताप्लेजुङतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे र वडा नम्बर ६ थुम्बेदिन पुछारसम्म करिब ३ किलोमिटर ट्र्याक निर्माण गरिएको छ । पछिल्लो समय बजेट अभावका कारण पाँचथरतर्फ काबेली बजारदेखि भालुचोक पुछारसम्मको खण्ड अमरपुर र चाक्सिबोटे जोड्ने काबेली खोलामा निर्माण हुने पुलसम्मको ट्र्याक निर्माण हुन सकेको छैन । ताप्लेजुङतर्फ सिरिजंघा गाउँपालिका–१ सिनाम डाँडागाउँदेखि तावा दोभान, खेबाङ शिवदिन–याम्फुदिन हुँदै आधार शिविरसम्म करिडोरको ट्र्र्याक निर्माण गर्न पूरै बाँकी छ । ताप्लजेुङको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजंघा हिमाल जोड्ने सडक निर्माण हुन सकेमा पर्यटकीय दृष्टिकोणले पयनि फाइदाजनक हुने जानकाहरू बताउँछन् । सो सडक निर्माण भएमा अन्य क्षेत्रलाई पनि जोड्ने बताइएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सडक भएपनि बजेट विनियोजन नहुँदा ओझेलमा परेकोे उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाका प्रमुख अमिन्द्र खड्काले  बताए । पर्यटकीय मार्गसँगै धेरै क्षेत्रका उपभोक्ता लाभान्वित हुने भए पनि करिडोरका लागि अत्यन्तै न्यून बजेट विनियोजन भएको  उनको भनाइ थियो । चालु आर्थिक वर्षमा विनियोजित बजेटले थोरै काम अघि बढाइएको छ । तर, अहिलेको बजेट पर्याप्त नरहेको योजनाको भनाइ छ । उक्त करिडोर निर्माणका लागि आम्बेगुदिन–तेल्लोक खण्डमा ट्र्याक निर्माण गर्नेगरी सेवालुङ–पोमु जेभी कम्पनीसँग १ करोड १२ लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त बजेटले करीब ५ किलोमिटर ट्र्याक निर्माण गर्न सकिने योजनाको भनाइ छ । विश्वको तेस्रो अग्लो हिमालको आधारशिविर जोड्ने पर्यटकीय सडक भएकाले पर्याप्त  बजेट व्यवस्थापनका लागि पहल गरिदिन स्थानीयले माग गरेका छन् । करिडोर  पूरा भए जिल्लाको पूर्वी क्षेत्रका सिदिङ्वा, सिरिजंघा र पाथीभरा याङ्वरक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै पाँचथरको हिलिहाङ र वाङ्वरक गाउँपालिकाका केही वडाका बासिन्दा पनि लाभान्वित हुन्छन् । पर्यटकीय मार्गका रुपमासमेत रहेकाले यस करिडोरले कञ्चनजंघा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई धेरै फाइदा पुग्ने छ । काबेली करिडोरको दूरी लिम्बुनी पुलदेखि याम्फुदिनसम्म ५६ किलोमिटर छ । रासस

टोड्केमा ‘हाइ अल्टिच्युड’खेलमैदान निर्माण शुरू

म्याग्दी (अस) । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरुआत भएको छ । समुद्री सतहदेखि २ हजार २०० मीटरको उचाइमा रहेको उक्त स्थानमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।    उच्च स्थानका भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगंगा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । ‘गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,’ उनले भने, ‘थप पूर्वाधार निर्माण शुरू गर्न ताकेता र समन्वय गरेका छौं ।’ टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनीषा निर्माण सेवासँग रू. २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । खेलमैदान निर्माण गर्न रू. ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।    ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रूपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जानकारी दिएको छ । रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दै खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य शुरू भएको हो ।    गुराँसको जंगलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेन्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेन्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिवमन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ ।    स्वर्गद्वारीको शाखा र शिवमन्दिरको जीर्णोद्धार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातŒव विभागमा प्रस्ताव गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगंगा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक वर्षमा रू. १ करोड २ लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण शुरू गरेको छ ।    झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रू. ५८ लाख २ हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रू. १ करोड १ लाख गरिएको थियो । रासस

धरानको बजेट २ अर्ब ३ करोड

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले आगामी आवको नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी हुन् । उपमेयर सुवेदीले बजेट प्रस्तुत गरेपछि मेयर तिलक राईले आगामी असार १९ गतेसम्मका लागि सभा स्थगित गरिएको घोषणा गरेका छन् । धरान उपमहानगरपालिकाले आव २०७८/७९ का लागि चालू आवको तुलनामा ३१ करोड बढी बजेट ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटमा धरानका २० ओटा वडाका लागि २८ करोड बजेट विनियोजन गरिएको छ । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालू भइपरी आउने खर्चमा २० लाख र विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रम संशोधन गर्न  ३ करोड ९५ लाख र नगरपालिका स्रोततर्फ ८० लाख गरी कुल ४ करोड ७५ लाख विनियोजन गरिएको छ । नगर गौरवका योजनाका लागि १८ करोड २१ लाख विनियोजन गरिएको छ । शिक्षा युवा तथा खेलकुदतर्फ संघीय सशर्त अनुदान ३५ करोड ७८ लाख र नगरपालिका स्रोततर्फ २ करोड ५० लाख छुट्याइएको छ । सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न १ करोड, कृषि, पशु, सहकारी तथा उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न ९० लाख र धार्मिक, सांस्कृतिक तथा बहुजातीय विविधतायुक्त पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न छनोट भएका कार्यका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

‘काभ्रे स्मार्ट सिटी’ संरचना निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौतीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न संरचना निर्माण प्रक्रिया तीव्र पारिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार ‘काभ्रे स्मार्ट सिटी’ निर्माण कार्यान्वयनको चरणमा छ ।     सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी पनि एक हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटेर पुनः आव २०७४/७५ मा १३ पुर्‍याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुंगेधारा र मन्दिरको पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरेको छ । नगर उपप्रमुख रेखा दाहालले २ करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनर्निर्माणको काम थालिएको बताए । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुंगेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।      यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी)को पुनर्निर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनर्निर्माण शुरू भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरिएका संरचना ऐतिहासिक महŒव झल्कने हिसाबले नै निर्माण गरिनेछ,’ दाहालले भने । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गरेको बताएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रम अन्तर्गत ठूलीवनमा चार दशमलव ५ किलोमिटर अपांगतामैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउण्टेन स्पोटर््स ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भार गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईंले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुन सक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ट ५ करोड बजेट विनियोजन भएको छ, जसमध्ये बनेपालाई २ करोड तथा धुलिखेल र पनौती नगरलाई  १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनका अुसार ई–गभर्नेस पनि स्मार्ट सिटीको महŒवपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस