काठमाडौं– २०३५ चैत २१ गते पाकिस्तानमा सैनिकले ‘कू’ गरेर राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो । पाकिस्तानमा निरंकुश सैनिक शासकले शिर उठाएको यहाँका विद्यार्थीहरूलाई पाच्य भएन । उनीहरूले काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा फाँसीविरुद्ध ज्ञापन पत्र बुझाउन त्रिचन्द्र क्याम्पसबाट विद्यार्थीहरूको जुलुस निकाल्ने निधो गरे । यसअघि कोणसभा भयो । विद्यार्थीहरूको कार्यक्रम बिथोल्न सरकारले धरपकड गर्यो । रुष्ट […]