मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ । गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ । करिब १५ देखि २० मिटर उचाईमा थुप्रिएको गेग्रान हटाउन झन्डै २ साता अघिबाट काम थालिएको हो । यस्तो झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची