चौरासी पूजाको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ ।  विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेका विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए । रुपन्देहीको बुटबल उपमहानगरपालिका–६ अस्पताल लाइनका...

सम्बन्धित सामग्री

वृद्ध भत्ताबाट विद्यालयमा अक्षयकोष स्थापना

धादिङका एक वृद्ध दम्पत्तीले वृद्ध भत्ताबाट विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका– २ पोखरीचोकका खड्कनारायण श्रेष्ठ र उनकी श्रीमती यमकुमारी श्रेष्ठले नेपाल सरकारबाट पाउने वृद्ध भत्ताबाट चौरासी...

चौरासीको खर्चले विद्यालयमा अक्षयकोष

अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पूण्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए।...

चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र […]

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

बागलुङ, १५ मंसिर । बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उहाँका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए । मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चौरासी पूजा […]