सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज (शुक्रबार) बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फूल कोर्ट’ बोलाएका हुन्। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो । ‘बैठकमा प्रधानन्यायाधीश तथा […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक जारी

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बसिरहेको हो ।  गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसदै सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र […]

कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत […]

सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।  पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रध

आइतबारबाट नियमित इजलास बस्ने तयारी

प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने माहोल तयार भएको हो । एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको बताए ।  सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन ग

फुलकोर्टबाट पास भएको निर्देशिका आजै कानुन मन्त्रालयमा पठाइने

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका बिहीबार नै कानुन मन्त्रालयमा पठाइने भएको छ ।  सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो । बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको गरेको एक न्यायाधीशको भनाइ छ ।  सर्वोच्च स्रोतका

फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, बैठक बोलाउन मुख्य रजिष्ट्रारलाई निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् ।  प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतक

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्दैछ । बैठकका दुईवटा एजेन्डा छन् । पहिलो, कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपनि सङ्कुचन गरिएको सर्वोच्च अदालतको सेवाको सम्बन्धमा र दोस्रो, विविध एजेन्डा राखिएको सर्वोच्चका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।  पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनबारे पनि छलफल हुने बताइएको छ । मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका प्रतिनिधिसँग प्रधान न्यायाधी

संवैधानिक इजलास विवाद : नियमावली संशोधनका लागि सर्वोच्चको पूर्ण बैठक भोलि

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक भोलि बस्ने भएको छ।  सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि बैठक राख्ने जानकारी गराएका हुन्। बार अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाव दिएको थियो। उक्त सुझावमा…