प्रतिनिधि सभा पुनर्स्थापना : प्रचण्ड–माधव समूहकाे 'खुसीयाली जुलुस', ‘अब देश संविधानबाट चल्छ’

काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्‍याउँदै पुनर्स्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डौमा खुसीयाली जुलुस निकालेको छ ।  काठमाण्डाैकाे शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्चयाएको जनाउँदै खुसीयाली साटासाट गरेको थियो । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।  सरकारको सिफारिस...