अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमा प्रसारण भइरहेको निर्माता अनुष्का शर्माको ‘पाताल लोक’ वेब सिरिज फेरि विवादित भएको छ। सो सिरिजविरुद्ध सनातन धर्म र भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको फोटोलाई गलत प्रयोग र राष्ट्रद्रोहको आरोप लगाउँदै एक विधायकले उजुरी दर्ता गराएका छन्।