मकवानपुरमा शान्तिपूर्ण निर्वाचन, मतपेटिका संकलन हुँदै

मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

चितवनमा काँग्रसले रोक्यो मत गणना, तनहुँमा मतपेटीका संकलनमै समस्या बारामा भोली

काठमाडौं । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सकिए पनि मत गणना भने शुरू हुन सकेन । चितवन -२ मा नेपाली काँग्रेसले गणना हुन दिएको छैन । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । भने बारा- २ मा भोली मात्रै सर्वदलिय वैठक बसेर मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । चितवनमा नेपाली कांग्रेस, चितवनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी बारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताए पछि गणना रोकिएको हो । मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन सकिएको पनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लागेकाले भोली मात्रै मत गणना शुरू हुनेछ ।