पशुपतिनाथ मन्दिरमा अहिलेसम्म ८ लाखभन्दा धेरैले पूजाआजा गरे

काठमाण्डौ - आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ । आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भ...