भागरथी प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याउन चार महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितमा चार महिला सङ्गठनले बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्याका दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । २०७७ माघ २५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की संयोजक अमृता थापा, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी र विवेकशील साझा महिला सङ्घकी संयोजक रजनी केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “यही माघ २१ गते २ बजेसम्म विद्यालय रहेकी १७ वर्षीय किशोरी साँझ घर नफर्केपछि खोज्ने क्रममा २२ गते अपराह्नतिर क्षत्विक्षत् अवस्थामा शव फेला परेको घटनाले हामीलाई स्तब्ध बनाएको छ । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं. ७ की भागरथी भट्ट १२ कक्षामा अध्ययनरत किशोरीले आज संविधानप्रदत्त अधिकार उपभोग गर्न पाइनन्; किन ? आज एक्काइसौँ शताब्दीको मानव सभ्यताले जवाफ दिनुपर्ने भएको छ । के छोरीहरूले आफ्नो आयु पूर्ण रूपमा जिउन पाउँदैनन् ? पाउँछन् भने हत्या हुने वातावरण किन र कसरी बन्छ ? त्यस्तो वातावरण भए बच्ने वातावरण सृजना किन हुँदैन ? घटना घट्यो भने पनि दोषी आज २४ गतेसम्म पनि पक्राउ किन पर्दैन भने हामीले पक्कै भन्नुपर्छ– शान्ति सुरक्षाको जिम्मा लिएर बस्ने गृह प्रशासन के हेरेर बसेको छ ? लामो समयको सङ्घर्षद्धारा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार मात्र दिएको छैन, अपितु शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक हकमा राखेको छ । तर दिनदहाडै विद्यालयबाट घर फर्कने क्रममा यसरी विभत्स हत्या हुनु र घटनास्थलको प्रारम्भिक अध्ययनले बलात्कार पछि खुल्ने डरले हत्या गरेको आशङ्का गर्ने ठाउँ प्रशस्त देखिन्छ । यस्तो संवेदनशील घटनाप्रति हामी महिला हक, हित र अधिकारका लागि सङ्घर्षरत महिला सङ्घहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी संविधानको पूर्ण पालना र आम नागरिकले शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टी चाहन्छौँ र आगामी दिनमा यस्ता घटना नदोरिउन भन्नका खातिर यथाशीघ्र दोषी पत्ता लगाई कानुनको दायरामा ल्याएर हदैसम्मको कार्वाहीको माग गर्दछौँ । फक्रन नपाउँदै ...

सम्बन्धित सामग्री

संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन राष्ट्रिय अभिभावक संघको माग

नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।  अधिवेशनमा सहभागीले नेपालको शिक्षा...

सारुक ताम्राकारको निधनबारे छानबिन गर्न कलाकार संघको माग

संघले एक विज्ञप्ति जारी गर्दै ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको हो।...

सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न कलाकार संघको माग

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सदस्य तथा अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति चासो व्यक्त गरेको छ । आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकपछि संघले ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको छ । अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही […]

२५० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने निर्माता संघको माग

काठमाडौं । चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो । चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि सारेको छ । […]

गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल औषधी उत्पादक संघको माग

नेपाल औषधी उत्पादक संघले नक्कली औषधीको अवैध बिक्रीवितरण, प्याकिङ, लेबलिङ्ग र अधिकतम बिक्रीमुल्य प्रिन्ट गरी बजारमा पठाइएको भन्ने भ्रमात्मक कुराप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरी गोदामहरूमा छापा मार्दा बरामद भएका वस्तुहरु नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको जानकारी दिएको हो । संघले नेपालमा उत्पादन तथा बिक्रीवितरण हुने औषधीहरु औषधी व्यवस्था विभाग बाट गुणस्तरको सुनिश्चितता गरी दर्ता भइ बजारमा पठाउने गरे

वीरगञ्जका व्यवसायीद्वारा ‘क्रेडिट एक्ट’ ल्याउन माग

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) ले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पुग्नेगरी विभिन्न नीति व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले ब्याजदर एकल अंकमा ल्याउन, आयकर छूट दिन, बैंक कर्जालाई व्यवस्थित गर्न, क्रेडिट एक्ट ल्याउन माग गरेको छ । बीआईसीसीआईको प्रतिनिधिमण्डल गत हप्ता काठमाडौं भ्रमणमा थियो । सोही क्रममा संघीय प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेय, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गभर्नर महाप्रसाद अधिकारी, भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश मान शाक्यसँग भेटेर संघले विभिन्न माग अगाडि सारेको हो ।   संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यस सम्बन्धमा जानकारी पनि दिएको छ । संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले निजी क्षेत्रका समस्याहरूमा सरकारी निकायहरूलाई ध्यानाकर्षण गराएको बताए । संघले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा वारा–पर्सा औद्योगिक कोरिडोरलाई औद्योगिक कोरिडोरको रूपमा घोषणा गर्न तथा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेको छ । नेपालको प्रमुख औद्योगिक कोरिडोर मानिने वीरगञ्ज पथलैया कोरिडोरमा ७० प्रतिशत औद्योगिक लगानी छ । तसर्थ, यस औद्योगिक कोरिडोरलाइ राज्यले औद्योगिक कोरिडोर घोषणा गर्नुपर्ने संघको माग छ । यस्तै, वीरगञ्जलाई ह्याप्पी बोर्डरको अवधारणाअनुसार अगाडि बढाउन पनि माग राखिएको छ । ह्याप्पी बोर्डर बनाउन सीमादेखि २५–२५ कि.मी. सम्मको क्षेत्रमा  भौतिक पूर्वाधार विकास हुनुपर्ने, सीमानाकामा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने, वीरगञ्ज–रक्सौल बीचको मितेरी पुलको निर्माण गर्नुपर्ने, पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने किसिमले मितेरी पुललाई गेटवे पुलको रूपमा निर्माण गर्नुपर्ने संघको माग छ । यसैगरी आद्योगिक सुरक्षा बलको माग पनि गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा सीमासुरक्षा बैठक नियमित गर्न माग गरिएको छ । सीमाबाट हुने आपराधिक क्रियाकलापले औद्योगिक क्षेत्र पनि प्रभावित भएकाले यसमा सरकार संवेदनशील हुनुपर्ने संघको भनाइ छ । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा एकल व्यक्तिको रु. ८ लाख तथा दम्पतीको हकमा रु. ८ लाख ५० हजारसम्मको आयमा कर छूट दिन माग गरिएको छ । यस्तै, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्न तथा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताको खाताबाट १० प्रतिशत रकम कट्टा गर्ने वा रोक्का राख्ने व्यवस्था खारेज गर्न पनि माग गरिएको छ । बीलबिजकलाई मान्यता दिनुपर्ने, तयारी मालवस्तु र औद्योगिक कच्चा पदार्थको भन्सार दरमा १५ प्रतिशतको फरक हुनुपर्ने,  दाल र दाल बनाउने गेडागुडी आयात गर्दा लाग्ने भन्सार दर समयाअनुकूल बनाउनुपर्ने माग पनि गरिएको छ । विदेशी मेशीनरी पार्ट भारतबाट आयात गर्ने व्यवस्था हुनुपर्ने, सुख्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्नुपर्ने, भारतीय कम्पनीहरूले नेपालमा मालवस्तु विक्रीवितरण गर्न डिलरशीप दिने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने माग गरिएको छ । सेजको भाडादर प्रतिमहिना रु. ५ प्रतिस्क्वायर फिट हुनुपर्ने माग पनि गरिएको छ । साथै, सेजमा जाने उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान घटाएर २५ प्रतिशत गर्नुपर्ने संघको भनाइ छ । साथै, सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जाको ब्याजदर घटाउन पनि माग गरिएको छ । यस्तै, क्रेडिट एक्ट ल्याउन पनि संघले माग गरेको छ । उद्योग प्रतिष्ठानलाई बीमा गर्ने मामिलामा स्वैच्छिक गर्नुपर्ने संघले माग गरेको छ । गास, वास, कपास र शिक्षासँग सम्बन्धित उद्योगहरूलाई आयकरमा ५० प्रतिशत छूटको व्यवस्था गर्नुपर्ने संघको माग छ । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँगको भेटमा म्याद सकिएका औषधिको व्यवस्थापन गर्न तथा  औषधि विकास परिषद् गठन गर्न माग गरिएको छ । यस्तै, राजस्व सचिव कृष्णहरि पुष्करसँगको भेटमा अर्थमन्त्रीसँग बुझाएको मागको विषयमा छलफल गरिएको अध्यक्ष गुप्ताले बताए । साथै,  वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयसँगको भेटमा एकीकृत जाँचचौकी (आईसीपी) को समस्या समाधान गर्न माग गरिएको थियो । साथै, सुख्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्न पनि माग गरिएको संघको भनाइ छ । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा तरलता अभावको समस्या समाधान गर्न माग गरिएको छ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने प्रोत्साहनका लागि रेमिट्यान्स पठाउँदा लाग्ने सेवाशुल्क सरकारले तिर्ने नीति ल्याउनुपर्ने बताइएको छ । यसैगरी, कृषि कर्जालाई व्यवस्थित गर्न पनि माग गरिएको छ । पर्यटकलाई लक्षित गरेर ५०० र २ हजारको भारतीय मुद्रालाई नेपालमा मान्यता दिनुपर्ने माग गरिएको छ । साथै, आयात गर्ने बेलामा बैंक राख्नुपर्ने मार्जिनको ब्याज दिनुपर्ने संघको माग छ । वर्किङ क्यापिटलको २० प्रतिशत मात्र ऋण दिने प्रावधानले उद्योगी व्यवसायीलाई मर्कामा परेकाले यो प्रावधान हटाउन माग गरिएको छ । साथै, बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने माग पनि गरिएको संघको भनाइ छ । यस्तै, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगको भेटमा सीमा सुरक्षा र औद्यागिक सुरक्षाको सन्दर्भमा छलफल भएको अध्यक्ष डा. गुप्ताले बताए । भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश मान शाक्य आदि सरकारी अधिकारीसँग व्यवसायीहरूले भोग्नुपरेका समस्याका बारेमा कुरा भएको उनको भनाइ छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा मोफसलका उद्यमी व्यवसायीका समस्याका विषयमा छलफल भएको थियो । त्यसमा अध्यक्ष गोल्छाले समस्या समाधानका लागि महासंघबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताएको संघको भनाइ छ ।

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । कोभिड–१९ बाट अतिप्रभावित […]

जगदम्बा स्टीलमा भएको तोडफोड प्रकरणको छानविन गर्न उद्योग वाणिज्य संघको माग

भदौ १३, वीरगञ्ज  । बाराको सिमरास्थित जगदम्बा स्टील प्रालि परिसरका उद्योगमा स्थानीयले गरेको तोडफोडको घटनाको जीतपुर सिमरा उद्योग वाणिज्य संघले निष्पक्ष छानविनको माग गरेको छ ।  संघले आइतवार विज्ञप्ति निकालेर उद्योग तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । उद्योग परिसरमा रहेको जस्तापाता उत्पादन गर्ने युनिटमा ग्यास चुहिएको भन्दै आक्रोशित स्थानीयले शुक्रवार तोडफोड गरेपछि सो युनिटको उत्पादन बन्द भएको छ । उद्योगले व्यवसायजन्य सुरक्षामा लापरवाही गर्दै आएको र उद्योगका कारण स्थानीय असुरक्षित भएको भन्दै तोडफोड गरेका थिए । तोडफोड नियन्त्रणमा लिन उद्योग परिसरमा पुगेको प्रहरीलाई समेत स्थानीयले लखेटेका थिए । उद्योगले प्रहरी प्रशासनदेखि नेतासमेतलाई प्रभावमा पारेर उद्योगका कामदार र स्थानीयको सुरक्षामा बारम्बार खेलवाड गरेको आरोप उनीहरूको थियो ।  उद्योगका सञ्चालक पवन गुप्ताले तोडफोडका कारण उद्योगको स्वचालित उकरण र कम्युटरहरूमा  क्षति पुगेको बताए । बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई महीना समय लाग्ने सञ्चालक गुप्ताले जानकारी दिए ।  जस्तापता बनाउन प्रयोग हुुने अमोनिया ग्यासको ट्यांकरबाट ग्यास चुहिएको गुप्ताले बताए । ग्यास चुहावट तत्कालै नियन्त्रणमा लिए पनि स्थानीयले उद्योग परिसरमा प्रवेश गरेर तोडफोड गरेको गुनासो उद्योग व्यवस्थापनको छ । उद्योग प्रवेशद्वारमा स्थानीयले ताला लगाइदिएका छन् । जगदम्बा स्टील परिसरमा ८ ओटा बेग्लाबेग्लै युनिट छन् । अन्य युनिटमा पनि तोडफोड भएको छ । उद्योगका उकपरण, सवारी साधन, झ्यालढोकामा क्षति पुगेको संघको विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष सञ्जयकुमार साहले जारी गरेको विज्ञप्तिमा उद्योगमा भएको सो दुर्घटनालाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ ।  ‘दुर्घटनाका पर्याप्त छानविन हुनु पर्दछ । भविष्यमा अन्य औद्योगिक प्रतिष्ठानमा त्यस्ता दुर्घटना नदोहारोरिउन् भन्नेमा विशेष सतर्कता अपनाउनु पर्दछ,’ अध्यक्ष साहले भनेका छन्, ‘यदि उद्योगको लापरवाहीका कारण दुर्घटना भएको हो भने संलग्नलाई कारवाही हुनु पर्दछ । तर, दुर्घटनाको आधारमा औद्योगिक वातावरण बिथोलिने गरी उद्योगमा अराजकता निम्त्याउनु नाजायज छ ।’  उद्योग परिसरमा ग्यास चुहावट र त्यसको निहुँमा भएको तोडफोड दुवै घटनाको जाँचबुझ गरेर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।  उद्योगले विगत लामो सयमदेखि स्थानीयबासिन्दाको सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गर्दै आएको स्थानीय नागरिक सुरक्षा सरोकार समितिका संयोजक मनोज पौडेलको भनाइ छ । ‘उद्योगले प्रदुषण नियन्त्रणमा पटकपटक गरेको प्रतिबद्धता पालना नगरेको र सुरक्षाका मापदण्डमा लापरवाही गर्दा उद्योगका कामदार कर्मचारीसँगै स्थानीय जोखिममा परेका छन्,’ संयोजक पौडेलको भनाइ छ ।  उद्योगकै लापरवाहीका कारण बेलाबेलामा स्थानीयसँग द्वन्द्व भइरहेको उनको दाबी छ । उद्योगका सञ्चालक गुप्ता भने उद्योगले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँछन् ।

औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन औषधि व्यवसायी संघको माग

संघले एक विज्ञप्ति जारी गर्दै सरकारले यथाशक्य छिटो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन माग गरेको हो।

भागरथी प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न अखिल नेपाल महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले भागरथी भट्टको बलात्कार हत्या प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । महिला सङ्घले निर्मला पन्तजस्तो हुनेगरी घटनाको पुनरावृत्ति नगर्दै बेलैमा घटनाको छानबिन गरेर सत्य तथ्य पत्ता लगाउन पनि माग गरेको छ । महिला सङ्घकी अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०७७ माघ २५ गते जारी प्रेसवक्तव्यमा घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरेको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कार गरी हत्या गरेको घटनाले अखिल नेपाल महिला सङ्घ गम्भीर र स्तब्ध भएको छ । श्री सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत छात्रा भागरथीको स्कुल गएर फर्कने क्रममा जङ्गलमा बलात्कार गरी विभत्स हत्या गरिएको थियो । सङ्घले उक्त अपराधिक घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनाको गहिरो छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने काम अझै हुन सकेको छैन । दुई वर्षपछि अहिले त्यही प्रदेशमा त्यही प्रकृतिको भागरथी घटना घटेको छ । यस सम्बन्धमा घटेको भागरथी घटनालाई निर्मला पन्तको घटनामा जस्तो गरी दोहोरिन नदिनका लागि गम्भीर ढङ्गले लिन र गहिरो छानबिन गरी छिटोभन्दा छिटो सत्य तथ्य बाहिर ल्याउन र अपराधीलाई हदैसम्मको कारबाही गर्न महिला सङ्घले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”