काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले बजेट ल्याउने बेला नरहेको टिप्पणी गरेका छन्।कामचलाउ सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष ०७८/७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएपछि पुनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारले अहिले बजेट ल्याउने बेला होइन।संवैधानिक दायरा भन्दा बाहिर रहेर सरकारले बजेट ल्याएको छ’ उनले भने। ‘सरकारको बजेट हेरेपछि प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास बढ्यो।’स