इन्फ्रास्ट्रक्चर बैंकले गर्यो वोन्डर्स ग्रुपसँग लगानी सम्झौता

काठमाडौं, २७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक […]