बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।...

सम्बन्धित सामग्री

अन्तरप्रदेश उडानको हब बन्दै पोखरा

प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएका छन् । बुधबार पहिलोपल्ट पोखरा–सिमरा उडान भएको हो । सिमरासँगको सीधा उडान सुरु भएसँगै पोखरा अन्तरप्रदेश उडानको हब बनेको छ । यसअघि काठमाडौंबाहेक नेपालगन्ज, भरतपुर र भैरहवामा पोखराबाट सीधा उडान हुँदै आएको छ ।

१० घण्टाको पोखरा–सिमरा यात्रा अब आधा घण्टामा सरर......

भदौ १५, पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।            भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।            भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।       वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।            बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतवार, बुधवार र शुक्रवार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।            उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।            कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधवारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७०रुपैयाँ रहेको छ ।            त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० रुपैयाँ छ भने सस्तो ४ हजार ७७० रुपैयाँ  भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए।            यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत बुधवारदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।            पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए । रासस

सिमराबाट पोखरा हवाई उडान हुँदै

बाराको सिमरादेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म हवाई सम्पर्क हुने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सीधा हवाई सम्पर्कबाट जोड्ने योजनासहित पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागिएको हो ।