संसदमा एमाले अवरोध अन्त्य गर्न राष्ट्रियसभा अध्यक्षको प्रधानमन्त्रीलाई रुलिङ

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको अवरोध हटाउन रुलिङ गरेका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष तिमिल्सिनाले भने, ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछुु। तपाईंहरूले उठाएको कुरा […]