अब पनि नामको टुङ्गो नलगाए लाज हुन्छ: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताएका छन् । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।उनले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताए । `सङ्ख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो,´ उनले भने, `अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुई वटा मात्रै भएको कारण अब ढिला नगरौँ, मौकालाई नगुमाऔँ । जनताकाे अपेक्षा र आवश्यकताले पनि छिटो गर