काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले यो प्रस्ताव शुक्रबारदेखि चितवनको सौराहामा सुरू भएको केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरेका हुन्। विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भनेका छन, ‘फागुनमा चुनाव भए लगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र […]
म्याग्द– म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए । ‘तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको […]
सायद गाउँलेहरू पनि सोध्दा हुन्, ‘तिमीहरूका छोराछोरीहरूले कहिले विदेश घुम्न बोलाउँछन् त?’ भनेर।
अर्कोतर्फ सिङ्गो गाउँ नै विदेश गएका बेला कोही छिमेकीका सन्तानले आफ्ना बा-आमा जापान, अस्ट्रेलिया, अमेरिका त कोही आफन्तहरू सन्तानले बोलाएर क्यानडा, अस्ट्रेलिया तथा युरोप पुगेको देख्दा हाम्रा बा-आमालाई पनि आफ्ना सन्तानहरूले जति सक्दो चाँडै विदेश बोलाइदिउन् भन्ने मनमा लाग्नु पनि स्वाभाविक नै थियो।
काठमाडौं– नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गरेका हुन् । उनले भने, ‘पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा […]