‘क्रियाशील सदस्यतामा आशङ्का उठेका छन्, त्यो सार्वजनिक गर्नुपर्छ’

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा तलमाथि भयो भन्ने आशङ्का उठेका कारण त्यसलाई सार्वजनिक गर्नुपर्ने क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका दौरान सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, ‘क्रियाशील सदस्यता तलमाथि भयो भन्ने आशङ्का उठेका छन्। हामीले त समितिमा रहुन्जेल काम गरेर बुझाएका हौँ । पहिले हामीले बुझाइसकेपछि हेर्न नपाउनु आफ्नै नियम होला। तर अब त्यो सबैले हेर्न पाउनुपर्छ। सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावल