युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजको नेतृत्वमा ६ सय ५७ सदस्यीय समिति गठन भएको हो ।