कर्णालीमा राष्ट्रियसभाका तीन सदस्य पदमा ६ जनाको उम्मेदवारी

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । तीन सीटका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका गरी ३–३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट काँग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।गुरुङ महिलाबाट, बिष्ट अपाङ्गताबाट र बोहोराले अन्यबाट उम्मेदवारी दिएका