कैलालीमा कोभिड–१९ अस्पताल भरिभराउ, नयाँ संक्रमितको उपचारमा चुनौती थपिँदै

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै कैलालीको सेती प्रादेशिक कोभिड–१९ अस्पतालमा ‘कोभिड–१९’का बिरामीको संख्या ह्वात्तै बढेको छ । ५५ बेड क्षमताको सो अस्पतालमा ५२ जना कोरोना संक्रमित भर्ना भएका छन् ।अस्पतालको आइसियूमा १५ जना बिरामी राख्ने क्षमता रहेकोमा मा ११ जना छन् भने भेन्टिलेटरमा ३ जनालाई राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अस्पतालका २५ जना बिरामी अक्सिजन सपोर्टमा छन् ।संक्रमणको दोस्रो लहर बढेयता अधिकांश बिरामीलाई अक्

सम्बन्धित सामग्री

७० लाखमा बनाइएको कोभिड अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन

तीन वर्षअघि महामारीमा सञ्चालन गरिएको दमक नगरपालिका– २ बेलडाँगीस्थित कोभिड– १९ अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन छ । भुटानी शरणार्थी शिविरका दुईवटा भवनलाई मर्मत गरेर ३० बेडको अस्पताल बनाउन नगरपालिकाले ७०...

वल्र्ड भिजन इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १४०० अक्सिजन सिलिन्डर सहयोग

देशभरि कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका केन्द्रित संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालले १६ जिल्लामा कोभिड—१९ अस्पताल तथा स्थानीय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १ हजार ४ सय अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, १ हजार १२ इन्फ्रारेड थर्मामीटर, १ हजार १२ पल्स अक्सिमिटरर २५ अस्पताल बेडस्वास्थ्य तथाजनसंख्या मन्त्रालयलाई सहयोग गरेका छन् । स्वास्थ्य […]

प्रहरीको सक्रियतामा ९४ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ९४ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० वटा सिलिन्डरमध्ये बुधबार ७४ वटा सिलिन्डर कोभिड-१९ अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। साथै ४६ वटा अक्सिजन सिलिन्डरहरू स्टक रहेका छन्।

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्यायो २५ शय्याको कोभिड अस्पताल

२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याका कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड-१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । ‘आजदेखि २५ शय्याको अक्सिजनसहितको कोभिड अस्ताल सञ्चालनमा ल्याएका […]

वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ ।

राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ शैय्या (बेड)को कोभिड–१९ अस्पताल सञ्चालन भएको छ । कोरोना भाइरस संक्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा ल्याएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । कोभिड–१९ अस्पतालको एचडीयुलाई तीन कक्षमा वर्गिकरण गरी उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । कोभिड अस्पतालमा जटिल प्रकृतिका कोरोना संक्रमित विरामीको उपचार गर्न सकिने जनशक्ति तथा स्वास्थ्य उपकरण रहेको निमित मेसु डा. झाले कोरोनाका सामान्य संक्रमित विरामीको प्रारम्भिक उपचारको लागि प्रिआइसोलेशन कक्षको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]