गाउँमै मेवा खेतीबाट लाखौं रुपैयाँ

कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारी समेत दिएका छन्।...

सम्बन्धित सामग्री

तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न

काठमाडौं, ३ कार्तिक । ताप्लेजुङको त्रिवेनी गाउँपालिक र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो । प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको […]

गाउँमै मेवा खेतीमा रमाउँदा…

मन्थली, १५ साउन । कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै  मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन्  । उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा […]

हेटौँडाकी संगीताको मेवा क्रान्ति- अढाई लाखको लगानी, १० लाखको आम्दानी

मेवा खेतीका लागि अहिलेसम्म करिब २ लाख ५० हजार रुपैयाँ र सयपत्री फूलका लागि १ लाख रुपैयाँ मात्र लगानी गरेको उनको भनाइ छ ।

५४ मेवा क्षमताको सुपरदोर्दी जलविद्युत् आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'

पुस २२, काठमाडौं। लमजुङमा निर्माणाधीन ५४ मेगावाट( मेवा) को सुपरदोर्दी 'ख' जलविद्युत् आयोजनाको मुख्य सुरुङको बिहीवार 'ब्रेक थ्रु' भएको छ। ५ हजार १४४ मिटर लामो मुख्य सुरुङ खन्ने काम सकिएसँगै आयोजनाको जटिल कामको निर्माण पनि सकिएको प्रवर्द्धक कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीका निर्देशक अर्जुन गौतमले जानकारी दिए। अहिले आयोजनाको पावर हाउसमा मेसिन जडानको काम  भइरहेको छ। पेनस्टक पाइप जडानको काम पनि आधाभन्दा बढी सकिएको छ। आयोजनाको बाँधको पुनर्निर्माणको काम पनि जारी रहेको गौतमले बताए। २२७ मिटर भर्टिकल साफ्टको पेनस्टकमध्ये १६५ मिटर पाइप जडान भइसकेको छ। इन्क्लाइन्ट साफ्टमा पनि पेनस्टक पाइप राख्ने काम सफल भएको र त्यसैका आधारमा थप पाइप जडान गर्न सहज हुने गौतमको भनाइ छ। पुसमा गएको सुख्खा पहिरोले आयोजना स्थल जाने बाटो अवरुद्ध हुँदा निर्माण सामाग्रीको ढुवानीमा समस्या रहेको आयोजनाले बताएको छ। आगामी दिनमा थप अवरोध नभएमा २०७९ असारमा  आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको गौतमले बताए। १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ। १५ प्रतिशत बाँकी रहेको काम पनि आन्तरिक काम मात्रै रहेकोले असारमा जसरी पनि निर्माण सक्ने आयोजनाले दावी गरेको छ।

३८ मेवा क्षमताको माथिल्लो आँखु खोला जलविद्युतमा ५ ओटा बैंकले लगानी गर्ने

असोज १३, काठमाडौं । धादिङ जिल्लामा निर्माण गर्न लागिएको ३८ मेगावाट(मेवा) क्षमताको माथिल्लो आँखु खोला जलविद्युत् आयोजनामा पाँच ओटा बैंकले ५ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । उक्त आयोजनामा लगानी गर्ने गरी बुधवार आँखु खोला हाइड्रोपावर प्रालि र पाँच  ओटा बैंकका प्रतिनिधि बीच सम्झौतामा हस्ताक्षर भएको हो ।आँखु खोला हाइड्रो प्रालिद्वारा प्रवर्द्धित उक्त आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैंकबाट ऋण लगानी हुने भएको हो । प्रवर्द्धक कम्पनी एवं बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त आयोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोड रहेको छ । आयोजना आगामी चार वर्षभित्रमा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिने बताइएको छ । नेपाल विद्युत प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रियामा पुरा गरिसकेको  र हाल आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले बताएको छ ।  कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ हजार ७०० गिगावाट घन्टा र बर्खामा १५२ दशमलव ४३८ गिगावाट गरी वार्षिक २१९ दशमलव १३८ गिगावाट घन्टा खुद विद्युत् उत्पादन हुनेछ ।उक्त आयोजना धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाउँपालिकामा निर्माणाधीन रहेको छ ।

युनाइटेड मेवा खोलामा सिटिजन्स बैंकको अगुवाइमा ७ बैंकले लगानी गर्ने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण हुने ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा अन्य ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।आयोजनामा सिटिजन्स बैंकसहित कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंक र सिभिल बैँकले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएका […]

तस्वीर : तनहुँमा निर्माणाधीन ५ मेवा क्षमताको सोलार प्यानल

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित तनहुँ सोलार फार्मले सोलार प्यानल राख्न निर्माण गरिएको स्टेन्ड । भानुभक्त बहुमुखी क्याम्पसको ११० रोपनी जग्गा वार्षिक १३ लाख ५० हजार रुपैयाँ बुझाउने शर्तमा २५ वर्षका लागि भाडामा लिई कम्तिमा ५ मेगावट(मेवा) विद्युत निकाल्ने प्रयास गरिएको छ । सोलारबाट विद्युत उत्पादन गर्नका लागि एनआरएन र स्थानीय व्यावसायीको ४० करोड रुपैयाँमा ठेक्का लगाइएको छ। तस्वीर : रासस