नारायणगढ-मुग्लिङ सडक : भासिएको ठाउँमा मर्मत हुँदै, १५ वटा पुल निर्माण हुने

चितवन : दुई वर्षअघि स्तरोन्नति भएको नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न स्थानमा सडक भत्किने र भाँसिने समस्या देखिएका छन्। नारायणगढ–मुग्लिङ सडक आयोजनाले भासिएको तीन ठाउँमा मर्मतको काम थालेको छ भने १५ वटा पुल निर्माण सुरु भएको छ।सडक खण्डको १७ किलो, २४ किलो र २६ किलोमा भासिएको सडक मर्मत गर्न लागिएको आयोजनाले जनाएको छ। मुग्लिङदेखि नारायणगढतर्फ दूरीका हिसाबले १७, २४ र २६ किलो दिइएको हो। १७ किलोमा दुई वर्षअघि नै सडक भासिएको हो।सडक निर्माण सम्पन्न भएपछि निरन्तरको वर्षाका कारण सडक भासिन थाले

सम्बन्धित सामग्री

आठ वर्षमा पनि सकिएन पुल निर्माण

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन। पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए। पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले […]

घारखोलामा पुल निर्माण

म्याग्दी, १७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए । “मोटरेबल […]

बागमतीमा ९५ पुल निर्माण

काठमाडौँ- बागमती सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट […]

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् ।झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ । पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा छवटा

३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जो

भारतले महाकालीमा  पुल निर्माण गर्ने

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा...

भारतले महाकालीमा पुल निर्माण गर्ने

भारत सरकारले सुदुरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रबक्ता एवं सूचना...

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।निर्माण सम्पन्न

६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं, भदौ १ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष […]