काठमाण्डाै – देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक/दुई ठाउँमा गएराति ठूलो पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा...