जनगणनामा जातजाति र भाषा टुंगो लगाउँदै तथ्यांक कार्यालय

राष्ट्रिय तथ्यांक कार्यालय (साविक केन्द्रीय तथ्यांक विभाग)ले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाका निम्ति जातजाति र भाषाबारे छलफल सुरु गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकमा १ सय २५ जातजाति र १ सय २३ भाषा छन् ।

सम्बन्धित सामग्री

जनगणनामा जातजाति, भाषा तथा धर्मबारे फिंजाइएका हल्ला भ्रामक : तथ्यांक कार्यालय

१६ चैत, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिंजाइएका हल्लाहरु गलत भएको बताएको छ । कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे गलत हल्ला फिजाइएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, […]

जनगणनाको नतिजा सार्वजनिक गर्न केही ढिलो : राष्ट्रिय तथ्यांक कार्यालय

राष्ट्रिय तथ्यांक कार्यालयले यसै साता सार्वजनिक गर्न लागेको राष्ट्रिय जनगणना २०७८ को नतिजा तत्काल पछाडि धकेलिएको जनाएको छ । कार्यालयका महानिर्देशक नेबिनलाल श्रेष्ठले प्रधानमन्त्री फेरिएसँगै पुस १३ गते तय गरेको सार्वजनिक गर्ने कार्यक्रम तत्कालका निम्ति रद्ध भएको जनाएका हुन् । जनगणनाको तथ्यांकमा जातजाति, भाषा र धर्मबारे यकिन हुन बाँकी रहेको जनाइएको छ ।