क्रियाशील सदस्यताबारे काँग्रेसमा रस्साकस्सी

काठमाडौँ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । महाधिवेशनका प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता विवाद चुलिएपछि बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।विशेषतः काँग्रेसमा नवप्रवेशीलाई क्रियाशील सदस्यता प्रदान गर्ने विधिलाई लिएर विवाद छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तरपार्टी समायोजन समितिले गरेको निर्णयअनुसार काँग्रेस प्रवेश गरेका सबैले क्रियाशील सदस्यको मान्यता पाउनुपर्ने सभा