अभिलाषा र माहिकाको जोडी च्याम्पियन

अभिलाषा विष्ट र माहिका राणको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सको उपाधि जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा हरायो ।