नमोबुद्ध नगरमा राजस्व संकलनमा हिनामिना

नमोबुद्ध नगरपालिकामा राखेको ‘ढाट’ मा अनियमिता भएको खुलासा भएको छ । नमोबुद्धमा राखिएको ढाटमा खटिएका कर्मचारीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सेवाग्राहीसँग लिने तर नगरपालिकामा बुझाउँदा कम रकमको अर्धकट्टी बुझउने गरेको खुलासा भएको हो । सेवाग्राहीसँग लिने सक्कली रसिद दिए पनि नगरपालिकामा बुझाउँदा कम रकम उल्लेख गरेको रसिद भेटिएको छ । हिनामिना भएको पाएपछि नगरपालिकाले ढाटमा बस्ने कर्मचारी परिवर्तन गरेको छ । “के भएको हो बुझ्न छानबिन समिति बनाएका छौं,” नगर प्रमुख टीपी शर्माले भने ।