न्यायालयमाथि निगरानी : समयमै इजलासमा बस्न थाले सर्वोच्चका न्यायाधीश

सर्वोच्च अदालतमा अहिले पनि ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन् । तर प्रधानन्यायाधीशबाहेक अन्य २० न्यायाधीश रहने सर्वोच्च अदालतले समयमै मुद्दाको फर्छ्यौट गर्न नसक्दा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । मुद्दाको सङ्ख्या बढे पनि न्यायाधीशहरुले पूरा समय न्यायालयलाई नदिने समस्या कारण मुद्दाको फैसला झन् झन् धकेलिँदो छ ।यस्तो अवस्थामा सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय एक घण्टा बढाउने निर्णयसँगै सर्वोच्च अदालतलाई मुद्दा फर्छ्यौटमा थप दबाब परेको छ । तर दबाब बढे पनि न्