जाजरकोटको भेरी नगरपालिकामा समाजवादीको चुनावी घोषणापत्र : एम्बुलेन्स र शववाहन सेवा निःशुल्क (पूर्णपाठ)

यहाँको  भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आफू पदमा पुगेपछि बेइमानी गरे मतदातासँग फेरी भोट माग्न नआउने प्रतिबद्धता जनाउँदै उनले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेका छन् । कृषि क्षेत्रको विकास, रोजगारी, सुशासन र भौतिक पूर्वाधारका एजेण्डा पनि उनका प्राथमिकताका विषयमा उल्लेख छन् । उनले भने,‘ आपत्कालीन सेवाको लागि नगर क्षेत्रभित्रको एम्बुलेन्स र शववाहन सेवा पूर्ण रूपमा निःशुल्क गर्ने, ज्येष्ठ नागरिक तथा अश