राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक दैनिक ८ घन्टा बन्द भएको छ । सडक स्तरबृद्धिको काम भइरहेकाले गाडी आउजाउमा समस्या हुने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि सडक बन्द गराएको हो । मंगलबारदेखि १५ दिनसम्म मंसिर २१ गतेसम्मका लागि राजमार्ग बन्द गरिएको कार्यालयले जनाएको छ ।