नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र अंकित फोटो फ्रेम अनावरण र दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए ।