निरन्तर उकालो लाग्दै डलर भाउ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

सम्बन्धित सामग्री

उकालो लाग्दै डलर भाउ, बुधबारको दर १२१.०१

केही दिनयता अमेरिकी डलरको विनिमय दर निरन्तर बढ्दो क्रममा छ । विश्वबजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको बताइएको छ । नेपालमा बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ०१ पैसा तोकेको छ । यो गत असोज २७ यताकै उच्च हो । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा थियो । त्यसपछि डलरको भाउ केही घटेको थियो ।

फेरि बढ्यो बिटक्वाइनको मूल्य, एक बिटक्वाइनको मूल्य ५० हजार बढी

अन्तर्राष्ट्रिय बजारमा फेरी बिटक्वाइनको मूल्य बढेको छ । एक बिटक्वाइनको मूल्य आज अगस्ट २३ मा ५० हजार २३७ अमेरिकी डलर पुगेको हो । एक महिना अगाडि अर्थात जुलाई २३ मा बिटक्वाइनको मूल्य ३३ हजार ५२१ डलर थियो ।त्यसपछि निरन्तर भाउ बढ्दै जुलाई ३० सम्ममा ४२ हजार १३७ डलरभन्दा माथि पुगिसकेको थियो । बिटक्वाइनको भाउ बढ्ने क्रम यही रोकिएन र अगस्ट ६ सम्म आइपुग्दा ४४ हजार ६९९ अमेरिकी डलर पुग्यो । त्यसपछि पनि निरन्तर उकालो लाग्दै उच्च बिन्दुमा पुगेको हो ।यसअघि, विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकार

सुनको भाउ दैनिक रुपमा ओरालो लागेपछि थप अभाव हुने चिन्ता

असार ४, चितवन । निषेधाज्ञाको शुरुवाती चरणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै यसको असर नेपालमा पनि परेको हो । हाल सुन आयात ठप्प छ भने निषेधाज्ञा खुकुलो भएपछि माग ह्वात्तै बढ्नेछ ।  निषेधाज्ञाको समयमा व्यवसाय बन्द हुँदा पनि गहनाको अर्डर आएता पनि  व्यवसायीले गहना विक्री गर्न पाएका छैनन् । जसका कारण निषेधाज्ञा खुकुलो हुँदा माग बढी र मूल्य सस्तो हुँदा सुनको चरम संकट हुने देखिएको व्यवसायीले बताएका छन् ।  ‘निषेधाज्ञा खुलेसँगै सुन र गरगहनाको माग  बढ्ने तर आपूर्ती सहज नहुने देखिएकोले उनीहरुमा चिन्ता थपिएको हो । ‘पहिलेदेखिनै सुनको अभाव कायम छ अहिले विदेशबाट सुन आउन पनि ठप्प छ । अब त फेरी दिनदिनै सुनको भाउ घटिरहेको छ । निषेधाज्ञा खुलेपछि सुनको चरम संकट हुने देखिन्छ ।’ जय शन्तोषी सुनचाँदी शोरुमका सञ्चालक रुवीन रामुदामु भन्छन् ।  पछिल्लो साता सुनको भाउ निरन्तर ओरालो हुँदै जाँदा कारोबार बढेपनि फाइदा भने नहुने उनको भनाइ छ । उनका अनुसार यसअघि विदेशबाट आउने व्यक्तिले सुन ल्याउने गरेपनि विश्वभर कोरोना महामारीका कारण हवाईयातायात सहज नहुँदा थप अभाव हुने देखिन्छ । ‘निषेधाज्ञा पछिनै सुनको भाउ उकालो लागेको लागै थियो, उनले भने, ‘अब कोरोना महामारीको प्रभाव घट्दै जाँदा यसको भाउ पनि घटेको छ ।’ सुन आयातमा निजी तथा विदेशी कम्पनीलाई पनि लगानी गर्ने वातावरण भए सुनचाँदी व्यवसायलाई  सहज हुने उनको भनाइ छ । विगत केही वर्षदेखि सुनचाँदी व्यवसाय र उपभोक्तामा गरगहनाको आकर्षण भएपनि पछिल्लो समय मूल्य उत्तारचढावका कारण सुनचाँदी कारोबार पनि स्थिर हुन सकेको छैन । विशेषगरी ग्राहकले सिजन, बिहे, चाडपर्वमा पनि यसको कम प्रयोग गर्न थालेका छन् । ‘सुनको भाउ जति बढ्दै जान्छ गहनाको  विक्री पनि उति घट्न जान्छ । भाउ कम भए विक्री पनि बढ्छ ।’ आधुनिक सुनचाँदी पसलका सञ्चालक विकास बर्मा भन्छन् ।  कोरोना कहरसँगै मानिसको क्रयक्षमतामा ह्रास हुँदै जाँदा गत सालभन्दा पनि झण्डै ५० प्रतिशत कारोबारमा कमी आएको उनले बताए । ‘कारोबारमा कमी पनि छ, आवश्यक परेको बेला सुन अभाव छ । हामी दोहोरो मारमा छौं ।’ उनले भने ।  गत १ वर्षदेखि खस्कदै गएको देशको अर्थतन्त्र र आर्थिक गतिविधि सुस्त भएसँग यसको असर सुन व्यवसायमा पनि परेको हो । सुन विलासी वस्तु र गरगहना खरीदविक्री मानिसको प्राथमिकता नपर्ने गरेका कारण सुनको अभावसँगै व्यवसाय पनि संकटमा पर्दै आएको छ ।  नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष यम बहादुर बिक कोरोनाको कहरसँगै सुनको मूल्यमा उत्तारचढाव आउँदा यस व्यवसायले गति लिन नसकेको बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा डलर घट्दा, सुनको भाउ बढ्छ, उनले भने नेपालमा डलर बढ्दा यो सँगै मूल्य बढ्ने भयो ।’ हाल सुनको आयात बन्द भएकोले निषेधाज्ञा खुलेपछि पनि आयात प्रक्रियामा ढिलाई हुन हुनाले आफूहरु चिन्तित भएको उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारलाई निषेधाज्ञासँगै सुन आयात बन्द गर्ने सिफारीश गरेपछि त्यसयता सुन आयात हुन सकेको छैन । निषेधाज्ञा खुलेपनि कोरोना महामारीका कारण हवाईउडान सहज नहुँने हुँदा व्यवसायी थप मर्कामा पर्ने भएका हुन् ।  निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको रोकिएका वैवाहिक तथा शुभकार्य शुरु हुनाले सुनको मागको अनुपात बढ्ने गर्छ । साथै अब नेपालीहरुको चाडपर्व शुरु हुने समय भएकोले पनि सुनको अभाव हुने र कारोबारमा असन्तुलन आउने व्यवसायीले बताएका छन् ।  सुनको अभाव नहुन र यसको सन्तुलन ल्याउनुको साथै व्यवसायलाई गतिदिन बारम्बार छलफल, जुम बैठक भइरहेको बताउँछन् सुनचाँदी व्यवसायी महासंघका तृतिय उपाध्यक्ष विपिन रामुदामु । ‘महासंघकै सिफारीशमा सुन आयात गर्न रोकिएको हो । अब हामी यसको सहजताका लागि सरकारसँग अनुरोध गर्छौं ।’ रामुदामुले भने । हाल अधिकांश बजार ठप्प रहेको र गरगहनाको माग पनि नभएकोले आयात बन्द गर्नुपरेको उनको भनाइ छ ।  शुरुवाती क्षणमा सुनचाँदीको भाउ निरन्तर बढेपनि पछिल्लो साता सुनको भाउ निरन्तर घट्दै जाँदा माग अत्याधिक बढ्न जानेछ । सुनको भाउ सस्तो भएपछि ग्राहकले पनि किन्न खोज्छन् । गहनाको माग बढेपछि हामीले पनि थप खरीद गर्न खोज्छौं उनले भने, आपूर्ती भने जताततै बाट ठप्प भएको छ ।’ दोस्रो लहरको निषेधाज्ञामा प्रतितोला ९० हजारको हाराहारीमा रहेको सुनको भाउ बीचको समयमा प्रतितोला ५ हजारसम्म भाउ बढेको सुन पछिल्लो दिनहरुमा पुनः पहिलेकै अवस्थामा आएको छ । चितवनमा झण्डै ५०० सय हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन् ।