बलिउड र हलिउडको चर्चित जोडी प्रियंका चोपडा र निक जोनसको ‘तलाक’ हुने चर्चाबीच प्रियंकाकी आमा मधु चोपडाले बयान जारी गरेकी छन् ।
भारतीय सञ्चारमाध्यममा न्युज१८ मार्फत जारी बयानमा मधुले तलाकको हल्ला बकवास र गलत भएको बताएकी छन् ।
मधुले यस किसिमका गलत हल्ला नफैलाउन आग्रह समेत गरेकी छन् । आमा मधुले नै हल्ला गलत भएको बताएपछि समर्थकले खुशी व्यक्त गरेका छन् ।
आमाले बयान दिएपनि समर्थकहरू प्रियंका र निकको प्रतिक्रियाको अपेक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।