‘एमाले सरकार गठनको दौडमा छैन’

चितवन– नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।  उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले […]

सम्बन्धित सामग्री

१९ बुँदे पत्र दिएर एमालेले भन्यो: सरकारको रवैयाले जनअपेक्षामा कुठाराघात भयो

न्युज अफ नेपाल,पोखरा ।  गण्डकीमा नयाँ सरकार गठन भएको नौ महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चार राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित गरेको थियो । सरकार गठनको नौ महिना पुग्नै लाग्दासमेत सरकारले आशातित काम नगरेको भन्दै एमाले संसदीय दल गण्डकीले सरकारको ध्यानाकर्षण गराएको छ । […]

बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, एकीकृत समाजवादी सत्तामा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी