मृगौला पीडित तिलक तामाङलाई चार लाख रुपियाँ नगद सहयोग

बाह्बिसे नगरपालिका ५ बुकामका मृगौला पीडित तिलक तामाङलाई चार लाख आठ हजार ४८० रुपियाँ नगद सहयोग गरिएको छ । वषौंदेखि दुवै मृगौला फेल भएर तामाङ थलिएर बसेका थिए । भोटेकोशी गाउँपालिका १ का वडा अध्यक्ष मुके शेर्पाको नेतृत्वमा उक्त सहयोग मृगौला पीडितलाई प्रदान गरिएको हो । सिन्धुपाल्चोकबाट इराकमा गई काम गर्दे आएकी नोर्की शेर्पा, युएईमा काम गर्दे आएकी उषा तामाङ, नेपालकी केशरी तामाङ र वडा अध्यक्ष मुके शेर्पालगायतले सो रकम जुटाएर मृगौला पीडित तिलक तामाङलाई प्रदान गरिएको हो ।