सुदूरपश्चिमका चार नाकाबाट दैनिक छ/सात सय नेपाली भित्रिन्छन्

भारत तथा नेपालमा कोरोनाको संक्रमण एकै पटक उच्च विन्दुमा पुगेको भएन पनि सुदूपश्चिमका नाकाहरुबाट मानिसको आवतजावत यथावत रहेको छ । दार्चुला जिल्लाको धार्चुला , बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर दैनिह छ ÷सात सय नेपाली आउने जाने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताउनुभयो ।