बैंकिङ कसुर मुद्दामा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–३ घर भएकी ३५ वर्षीया मामा बस्नेत थापा छिन् ।९० लाख रुपैयाँ बिगो भएको मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१६ स्थित बंगलामुखीबाट पक्राउ गरेर उनलाई प्रहरी वृत्त बालाजुमा बुझाएको छ । आरोपीबारे प्रहरी वृत्