प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ । महाधिवेशन मिति नजिकिँदै जाँदा आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन् भन्ने चर्चा समेत सुरु भएको छ ।नेतृत्वमा आन्तरिक जोड घटाउ भइरहे पनि बाहिर भने खुलेर आफूले चाहेको पद ‘यही हो’ भन्न सक्ने अवस्थामा नेताहरु भने पुगिसकेका छैनन् । यो महाधिवेशन ‘सहमतिको महाधिवेशन’ बनाउने अध्यक्ष केपी ओलीलगायतका नेताहरुको चाहनाका कारण पनि ने