आफू अनुकूल उखु बेच्न नपाउँदा किसान मारमा

गौर : आफू अनुकूल उखु बेच्न नपाउने भएपछि बाराका उखु किसान मर्कामा परेका छन्। बाराका उखु उत्पादक किसानले उत्पादन गर्ने उखु वर्षौंदेखि रौतहटको उद्योगमा बेच्दै आएको अवस्थामा  एक्कासी प्रशासनले बाराको उखु रौतहटको उद्योगमा बिक्री गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएपछि उखु किसान समस्यामा परेका छन्। बाराको चlनी उद्योगभन्दा रौतहटको चिनी उद्योगमा उखु बिक्री गर्दा बढी फाइदा हुने भएको भन्दै बाराका किसान रौतहटको कटहरिया नगरपालिका-९ मा अवस्थित बाबा बैजुनाथ सुगर मिलमा उखु बेच्दै आएका थिए। जिल्ला प्रशासन कार्यालय बाराले सूचना ज...