१७ वर्षमुनीको एसियन कप छनोटमा आज नेपाल र भियतनाम खेल्दै

एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ । बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको...

सम्बन्धित सामग्री

एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल र भियतनाम भिड्दै

नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे फु थोस्थित भियत त्रि स्टेडियममा सुरु हुनेछ। उच्च लयमा रहेको भियतनामविरुद्ध नेपाल पहिलो जितको खोजीमा हुनेछ।...

यू–१७ एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् […]

नेपालसहित सबै टिमको एसियन कपमा छनोट हुने दाबी ‍

काठमाडौं । नेपाली युवा टोली एएफसी यू–१७ एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि अहिले भियतनाममा छ । एन्फाको उपेक्षामा परेको नेपाली टोलीले आफ्नो प्राथमिक लक्ष्य एसियन कप छनोट नै रहेको जनाएको छ ।  नेपाल रहेको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । प्रतियोगितामा १० समूहका १० टिम र उत्कृष्ट ६ उपविजेताले...

एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ ।  छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ […]

यू–१७ एसियन कप छनोट – नेपाल समूह ‘एफ’ मा

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो । […]