निर्माण सम्पन्न भएको ५ महीनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

असार ७, भैरहवा । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महीना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रू. एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।   उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महीना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।  तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रू. एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रू. दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ ।  ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।   सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए ।  उनले भने, ‘तोकिएको समयभन्दा एघार महीना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महीना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रुत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले भने, ‘बाटोको गुणस्तर कमजोर छ ।  बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रुतगतिमा गाडी चलाउन नपाएको बताए ।  योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महीनादेखि म सडक निरीक्षण गर्न गएको छैन ।  तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।  यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गरे ।  ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ ओटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५ हजार १०० रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन् ।   सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तरराष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । रासस

सम्बन्धित सामग्री

आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो […]

८ वर्षमा पनि बनेन चितवन तनहुँ जोड्ने पुल

चितवन – भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ ।  बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । पुल न...

चितवन र तनहुँ जोड्ने पुल अलपत्र अवस्थामा

भरतपुर– भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गरिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ ।  निर्माणका क्रममा पुल दुईपटक भत्कियो […]

हस्तान्तरण नहुँदै भत्कियो घोराहीको चार लेन सडक

७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता […]

निर्माण सम्पन्न नहुँदै भत्कियो सहिद पार्कको पर्खाल

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–२ को हजरियामा निर्माणाधीन अवस्थामा रहेको सहिद पार्कको पर्खाल भत्किएको छ । आन्तरिक स्रोतमार्फत निर्माणाधीन सहिद पार्क निर्माणकै चरणमा भत्किएको हो । नगरपालिकाले आन्तरिक स्रोततर्फबाट आव ०७७–७८ मा ३३ लाख रुपैयाँ बजेट छुट्टयाइएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिए । नगरको आन्तरिक स्रोत खर्च गर्ने योजनामा निर्माणाधीन अवस्थामै कमसल देखिनु […]

स्थानीय तहको बेथिति: निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे

निर्मित सो सडक भएर दैनिक सयौंको संख्यामा टिपर, ट्रक तथा ट्याक्टर गुड्छन्। सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालित छन्। सडकमा दैनिक गुड्ने मालवाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिँदा सडकको अवस्था नाजुक बनेको कांग्रेस...

१७ लाखको कल्भर्ट सात दिनमा बन्यो ९ दिनपछि भत्कियो

सधैं सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरिकन रकम निकासा गरिदिएको खुलासा भएको छ । मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत असार २४ गते आएको बाढीले भत्कायो । असार ७ गते सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाइ […]

निर्माण सम्पन्न नहुँदै भत्कियो नाचघर

जिल्लामा निर्माण हुन थालेको नाचघर निर्माण सम्पन्न नहँुदै भत्किएको छ । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधीन अवस्थामा रहेको खुला नाचघर भत्किएको हो । लगातारको वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको हो । घोरदौरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत वर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाचघर […]

निर्माण सम्पन्न भएको एकसाता नबित्दै भत्कियो नाला

कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ।

निर्माण नहुँदै भत्कियो नाला

लहान । सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।  कमसल