जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दावी गरेका छन्।आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले यस्तो दावी गरेका हुन्। प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेल रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिले

सम्बन्धित सामग्री

कला प्रदर्शनीले हिमाल जोगाउन आह्वान गरेको छ : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा

यो फेरबदलले धेरै ठूलो समस्या ल्याउँदैन : प्रवक्ता सापकोटा

सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ ।

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ : प्रवक्ता सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ ।

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजीपूर्ण, र रहस्यमय भएको बताएका छन् । उनले सत्ता गठबन्धन दल र सरकारले यसबारे अध्ययन र छानबिन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने पनि बताए । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई […]

एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा

भक्तपुर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटाले एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।  रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवादमा उनले शक्तिशाली अध्ययन तथा छानबिन कमिटीबाट दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने बताए। उनले भने, ‘एनसेल विक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखिए दोषीलाई कारबाही हुनुपर्छ।’उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग न

दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् ।  आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा […]

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याइने बताएका छन् ।